राष्ट्रियविजनेशसमाचार

एसियन हाइड्रोपावरको आइपीओ भर्ने समय १ दिन थप

काठमाडौं  : एसियन हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिन म्याद थप भएको छ । सोमबार (फागुन १ गते) जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकोले आइपीओ भर्ने म्याद १ दिन थप गरेको कम्पनीले जनाएको छ । अब, यसमा आज (फागुन ३ गते) कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला हो । यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१% अर्थात ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो ।
जसमध्ये १०% अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै, ५% अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २% (१६ हजार ८ सय कित्ता) कर्मचारीहरुलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ साल असार १७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० वैशाख १५ गतेसम्म बाहल रहनेछ ।

source:NepaliPaisa
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x