राष्ट्रियविजनेशसमाचार

एसियन हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । एसियन हाइड्रोपावरको आइपीओमा १ अर्ब ४६ करोड ८१ लाख २ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज (फागुन २ गते) सम्ममा १३ लाख १८ हजार ७९८ जनाले १ करोड ४६ लाख ८१ हजार २० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख ९७ हजार २०० कित्ता शेयरको २१.०५७ गुणा बढी आवेदन हो ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैंयाको २४.७१ प्रतिशतका दरले ८ करोड ४० लाख रुपैंया बराबरको प्रतिसेयर १०० रुपैंया अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण सेयर मध्ये ८४ हजार कित्ता सेयर बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४२ हजार कित्ता सेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरी कर्मचारीहरुका लगि १६ हजार ८ सय कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई निष्काशन गरेको हो ।

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा आवेदन दिने भोली अर्थात फागुन ३ गते अन्तिम दिन रहेको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्विकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ ।

source:arthatantra

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x