राष्ट्रियविजनेशसमाचार

एसियन हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय, आइपीओ हात पार्न भाग्यकै भर

काठमाडौं । एसियन हाईड्रोपावार लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ फागुन १४ गते आइतबार बाँडफाँड गर्ने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आइतबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा बाँडफाँड गर्न लागेको हो ।

हाइड्रोपावरको आइपीओमा १ अर्ब ६६ करोड २६ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यसमा मा १४ लाख ९२ हजार ७७८ जनाले १ करोड ६६ लाख २६ हजार ५२० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारणको लागि निष्काशन गरेको ६ लाख ९७ हजार २०० कित्ता शेयरको २३.८४ गुणा बढी हो । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । त्यसैले, एशियन हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैंयाको २४.७१ प्रतिशतका दरले ८ करोड ४० लाख रुपैंया बराबरको प्रतिसेयर १०० रुपैंया अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण सेयर मध्ये ८४ हजार कित्ता सेयर बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४२ हजार कित्ता सेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरी कर्मचारीहरुका लगि १६ हजार ८ सय कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई निष्काशन गरेको हो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

source:arthatantra

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x