राष्ट्रियविजनेशसमाचार

भोलीदेखि १ हजार कित्तासम्म भर्न पाइने आइपीओ निष्काशन हुँदै

काठमाडौं । बिपिडब्लु लघुवित्तले सर्वसाधारण लगानीकर्तालाई भोली अर्थात फागुन १८ गते बिहीबार देखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ८० लाख ९५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो ।

जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्काशन हुनेछ । यसमध्ये ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

यस्तै, जारी पुँजीको १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५४ हजार ७५० कित्तामा सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले यसमा फागुन २३ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने चैत २ गतेसम्म पनि भर्न पाइनेछ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । यसमा आइपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ

source:arthatantra

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x