राष्ट्रियविजनेशसमाचार

सरकार घाटामा, आम्दानीभन्दा खर्च धेरै

काठमाडौं । चालू आर्थिक वर्षको नौ महिना बितिसक्दासम्म सरकारको आम्दानी निराशाजनक देखिएको छ । आम्दानीभन्दा खर्च धेरै हुँदा सरकार घाटामा देखिएको छ ।

सरकारको राजस्व संकलनभन्दा चालू खर्च बढी हुँदा साधारण खर्च धान्न नै सरकारलाई कठिन हुने देखिन्छ । विगतदेखि नै पुँजीगत खर्च न्यून रहँदै आएको स्थितिमा चालू आर्थिकमा सरकारलाई अन्य खर्च धान्न नै गाह्रो भइरहेको अवस्थामा पुँजीगत खर्च वृद्धि हुन कठिन हुने सरोकारवालाहरूको भनाइ छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वैशाख ५ गतेसम्म सरकारले ६ खर्ब ८७ अर्ब ५० करोड रुपियाँ राजस्व संकलनसहित ७ खर्ब २८ अर्ब १७ करोड रुपियाँ आम्दानी गर्दा खर्च भने ९ खर्ब ४४ अर्ब ५८ करोड २८ लाख रुपियाँ भएको छ ।

महालेखाको तथ्यांकअनुसार आर्थिक वर्ष सकिन तीन महिनाभन्दा कम समय बाँकी रहँदासम्म राजस्व संकलनको स्थिति निराशाजनक देखिएको छ । हालसम्म लक्ष्यको ४९ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । जसमध्ये कर आम्दानीबाट १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख, गैरकर आम्दानीबाट १ खर्ब ७७ अर्ब ७ करोड, अनुदानबाट ५५ अर्ब ४५ करोड ८३ लाख रुपियाँ रहेको छ ।

उक्त लक्ष्यमा कर आम्दानीतर्फ ६ खर्ब १९ अर्ब ६२ करोड ७९ लाख अर्थात् ४७ दशमलव ८३ प्रतिशत, गैरकर आम्दानीबाट ६७ अर्ब ८७ करोड अर्थात् ६२ दशमलव ९८ प्रतिशत, अनुदानतर्फ ४ अर्ब २० लाख रुपियाँ अर्थात् ८ दशमलव ६६ प्रतिशत र अन्यतर्फ ३५ अर्ब ८६ करोड ८१ लाख रुपियाँ आम्दानी गरेको छ ।

त्यसैगरी अहिलेसम्म सरकारले चालूतर्फ ७ खर्ब ७९ अर्ब २० करोड रुपियाँ अर्थात् ५९ दशमलव ८३ प्रतिशत खर्च हुँदा पुँजीगततर्फ १ खर्ब ७९ अर्ब २ करोड अर्थात २८ दशमलव २९ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब २९ अर्ब ४२ करँेड अर्थात् ५६ दशमलव शून्य ५ प्रतिशत खर्च कुल बजेट खर्च भएको छ ।

सरकारले चालू आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपियाँ खर्च हुने अनुमा गरेको छ । जसमा चालूतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड खर्च हुने लक्ष्य लिएको छ । मंगलबारसम्म

सरकारकोे ४९ दशमलव ९२ प्रतिशत आम्दानी हुँदा कुल खर्च ५२ दशमलव ६६ प्रतिशत भएको छ ।
चालू आर्थिक वर्ष २०७९÷८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा साढे पाँच अर्बले न्यून देखिएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार चालु आवको चैत मसान्तसम्ममा आन्तरिक राजस्व सङ्कलन रु तीन खर्ब ३७ अर्ब १० करोड २० लाख बराबर छ । गत आवको सोही अवधिमा सरकारले रु तीन खर्ब ४२ अर्ब ६५ करोड ८७ लाख बराबर कर उठाएको थियो । अहिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको असर सरकारी राजस्व असुलीमा पनि देखिएको हो ।

चालू आर्थिक वर्ष चैत मसान्तसम्ममा सरकारले १ खर्ब ५० अर्ब २० करोड रुपिया“ आयकर उठाएको छ । गत आवको सोही अवधिमा १ खर्ब ६५ अर्ब ४५ करोड आयकर संकलन भएको थियो ।

त्यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) ७८ अर्ब ८९ करोड ६५ करोड, अन्तःशुल्क ७४ अर्ब २८ करोड ९२ लाख, घरबहाल कर १ अर्ब ९७ करोड, स्वास्थ्य सेवा कर ५ अर्ब २५ करोड र शिक्षा कर १ अर्ब २६ करोड रुपिया“ संकलन भएको छ ।सरकारको ऋण २० खर्ब नाघ्यो

source:newsofnepal

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x