राष्ट्रियसमाचार

तनहुँ-१ मा शान्तिपूर्वक मतदान, बिहान १० बजेसम्म १३.६ प्रतिशत मत खस्यो

तनहुँ । तनहुँ एकमा उपनिर्वाचन अन्तर्गत शान्तिपूर्वक मतदान भइरहेको छ ।  बिहान १० बजेसम्म १३.६ प्रतिशत मत खसेको तनहुँ जिल्ला निर्वाचन  कार्यालयका प्रमुख हरिप्रसाद ढकाल रातोपाटीलाई जानकारी दिए । निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताएका छन् ।

नेपाल प्रहरी एक हजार छ सय परिचालन गरिएको उनले बताए।करिब दुई हजार पाँच सय सुरक्षाकर्मी खटाइएको छ । उपनिर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र नेपाली सेना रहेका छन् । तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् । तीनवटा अतिसंवेदनशील र २४ वटा संवेदनशील मतदानस्थल रहेका छन् ।

निर्वाचनका लागि १५  केन्द्रमा महिलालाई मतदान अधिकृत तोकिएको छ । तनहुँमा कांग्रेसका तर्फबाट भट्टराई, एमालेका खनाल, रास्वपाका  वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् । भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् ।

source:ratopati

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x