अन्तराष्ट्रियखेलकुदसमाचार

साउदी लिगमा रोनाल्डोको किर्तिमान

१५ जेठ, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ कीर्तिमान बनाएका छन् । गएराति सम्पन्न लिगको अन्तिम खेलमा अल इत्तिहादविरुद्ध अल नासरको ४-२ को जितमा रोनाल्डोले २ गोल गरेका थिए ।

रोनाल्डो साउदी प्रो लिगमा एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । यसअघि मोरक्कोका अबडेराजक हामदल्लाहले २०१८-१९ सिजनमा सर्वाधिक ३४ गोल गरेका थिए ।

रोनाल्डोले अल नासरका लागि यस सिजनमा अल नासरका लागि ५० खेलमा ५० गोल गरेका छन् ।

अल नासरले यस सिजनमा साउदी लिगमा दोस्रो स्थानमा रहेको छ । यस सिजनको साउदी लिग भने अपराजित रहँदै अल हिलालले जितेको छ ।

अब अल नासरले आगामी शुक्रबार किङ कपको फाइनलमा अल हिलालसँग खेल्ने तालिका रहेको छ ।

source:nepalbahas

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x