राष्ट्रियसमाचार

गर्मी बढेपछि धरान र इटहरीमा २ दिन विद्यालय बिदा

इटहरी उपमहानगरपालिकाले गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिएको छ । नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार १७ र १८ जेठमा विद्यालय बन्द हुनेछ ।

केही दिनयता गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु समस्यामा पर्ने हुनाले बिदा दिइएको उनले बताए । वर्षा नभएका कारण केही दिनयता मधेश र तराई क्षेत्रमा गर्मी बढेको छ ।

यस्तै अत्यधिक गर्मी बढेपछि सुनसरीको धरान उपमहानगरपालिकाले पनि दुई दिन विद्यालय बिदा दिएको छ । पालिकाले सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिइएको जानकारी दिएको जनाएको छ ।

 

पालिकाले सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै जाडो बिदा कटौती हुने गरी बिदा दिइएको उल्लेख गरेका छन् ।

धरान नगरका शिक्षा अधिकारी गणेशप्रसाद खतिवडाले भने, ‘आज हामीले २ दिन बिदा दिएका छौं शनिबार पनि यस्तै भए बिदा थपिन सक्छ । अथवा मौसम अनुकुल भए विद्यालय सञ्चालन हुन्छ ।’

 

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x