अन्तराष्ट्रियअन्तराष्ट्रियसमाचार

वासिंटन पोस्टकी पहिलो महिला सम्पादकले दिइन् राजीनामा

अमेरिकी अखबार द वासिङ्टन पोस्टको सम्पादकीय नेतृत्व सम्हालेकी सेली बज्बीले राजीनामा दिएकी छिन् । सम्पादकीय नेतृत्व सम्हालेको तीन वर्षपछि उनले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बज्बीको स्थानमा वालस्ट्रिट जर्नलका पूर्व प्रधानसम्पादक म्याट मुर्रे आउनेछन् । उनले अमेरिकाको राष्ट्रपतीय निर्वाचनको अवधिभर यो जिम्मेवारी सम्हाल्ने बताइएको छ । त्यसपछि टेलिग्राफमा डेपुटी सम्पादक रहेका रोबर्ट विनेटले वासिङ्टन पोस्टको कार्यकारी सम्पादकको जिम्मेवारी सम्हाल्ने अलजजिराले उल्लेख गरेको छ ।

source-online khabar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x