समाचार

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले सगरमाथाको सफल आरोहण गर्ने आरोहिहरुलाई सम्मान कार्यक्रम

“आर्थिक विकास सुसान र सदाचारः खुसी नागरीक, समृद्ध खिजिदेम्बा हाम्रो आधार” नाराको साथ कार्यक्रम सञ्चालन भएको थियो। खिजीदेम्बा गाउँपालिकाको पर्यटन विकास, प्रचारप्रसार, सम्बर्द्धन र प्रबर्द्धनका साथै पर्यटन क्षेत्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गदै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुहुने विभिन्न ४६ जना आरोहीहरुलाई सम्मान गर्न पर्यटन मन्त्रीमा  बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यता, गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको सभाध्यक्षतामा काठमाडौंको ज्योति पाटी प्यालेशमा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बाका आरोहीहरुलाई सम्मान तथा पर्यटन सदभावना  दूत घोषणा कार्यक्रम २०८१ आयोजना भयो ।

कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं ओखलढुंगाबाट संघीय सांसदमा रामहरि खतिवडा, संविधानसभा सदस्यमा यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रदीप कुमार सुनुवार, खिजीदेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्ष बेदबहादुर रोक्का लगायतको विशेष उपस्थिती रह्यो । कार्यक्रममा ओखलढुंगा जिल्लाबाट प्रथम पटक सगरमाथा आरोहण गर्नुहुने खिजीदेम्बा ९ खुन्दुर्के निवासी दोर्जी शेर्पा, २२ पटक सगरमाथा आरोहण गर्नु हुने खिजीदेम्बा ९ मैदानेका आरोही जाङबु शेर्पा, सबै भन्दा कान्छा उमेरमा सगरमाथा आरोहण गर्नुहुने आरोही जम्बले शेर्पा, अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शकद्धय खिजीदेम्बा ५ मेले लाक्पा शेर्पा र खिजीदेम्बा २ नस्पु निवासी गेल्जे शेर्पा ओखलढुंगा जिल्लाकै पहिलो महिला कीर्तिमानी आरोही खिजीदेम्बा ९ रिपाल निवासी माया शेर्पा, तामाङ समुदायबाट खिजीदेम्बाका प्रथम आरोही खिजीदेम्बा ९ का भीरखर्कका शुभराज तामाङ लगायतलाई गाउँपालिकाको तर्फबाट सम्मान गर्यो ।

८००० भन्दा माथिका हिमालहरु लामो समय सम्म चढेर आफ्नो जिवन यसमै समप्र्रीत गर्ने आरोहिहरुलाई पेन्सन, भत्ता, बिमाको राम्रो व्यवस्था र मृत्यु भएमा उनिहरुको बालबच्चलाई शिक्षाको बिषयमा पहिलेबाट माग राख्दा पनि सरकारले ध्यान नदिएको भनि गुनासो आरोहिहरुको थियो ।

त्यस्तै, खिजीदेम्बा गाउँपालिका, ओखलढुङ्गाको लोगो अंकित झण्डा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सन् २०२४ मे २१ का दिन विहान ६:३० बजे फहराई विश्व माझ खिजीदेम्बा गाउँपालिकालाई चिनाई प्रशसनीय र कदरयोग्य काम गर्नु भएकाले खिजीदेम्बा ६ भित्ते निवासी कुङ्गा शेर्पालाई पर्यटन सद्भावना दूत घोषणा गरी आपसी सम्झौता समेत सम्पन्न भयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुशिला तामाङले स्वागत तथा बधाई मन्तव्य व्यक्त गर्नुभयो भने वडा अध्यक्ष ज्यूहरु, विभिन्न जातीय संस्था, खिजीदेम्बामा परियोजना सञ्चालन गर्ने संघसंस्थाका प्रतिनिधि, पर्यटनसँग सम्वन्धित संस्थाका अध्यक्ष, अन्य पर्वतारोही लगायतको उपस्थिती रह्यो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x