ओखलढुंगाको रकुवा मन्दिर पुग्ने बाटोको पुननिर्माण कार्य सम्पन्न
ओखलढुंगाको पंखुमा निर्माण भईरहेको रकुवा मन्दिर पुग्ने बाटोको पुननिर्माण कार्य सम्पन्न भएको छ । मानेभन्ज्याङ गाउंँपालिका ४, पंखुमा रहेको रकुवा मन्दिर पुग्ने बाटोको पुनः निर्माणको काम सम्पन्न भएको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ मा पालिकाको वडा नं. ४ अन्तर्गतको पहिलो चरणमा उपलब्ध भएको २ लाख ८५ हजार रकमबाट उक्त मन्दिर पुग्ने बाटो निर्माण गरिएको हो ।
पर्यटन पर्वद्धनको लागि थप टेवा पुर्याउने भन्दैे निर्माण गरिएको मन्दिरमा सुम्निामा पारुहाङ, रक्तकाली सेतीदेवी, नागरानी नागराजा, सिद्ध सिसीथान समेत रहेको निर्माण समितिका अध्यक्ष दिनेश राईले जानकारी दिनुभयो ।
राई जातीको विशेष बाहुलीयता रहेको उक्त स्थानमा आफ्नो धर्म, संस्कार र संस्कृतीको संरक्षणको लागि निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।
उक्त स्थानमा निर्माण भएको मन्दिरमा मंसिरे पूर्णीमाको दिन उधौली पर्व र वैशाखे पूर्णीमाको दिन उभौली पर्व मनाउने साथै मेला लाग्ने गरेको छ ।
पर्यटक भित्राउने मुख्य उदेश्यको साथ निर्माण गरिएको मन्दिर क्षेत्रमा रक क्लाईमिङ, प्यारा ग्लाईडिङ जस्ता अन्य धेरै सम्भावनाहरु रहेको र त्यसका लागि स्थानीय सरकारले थप ध्यान दिनुपर्ने राईले बताउनुभयो ।
Source:Himal kahabarr