राष्ट्रियसमाचारस्वास्थ्य

नेता गिरिलाई उच्चतम मात्रामा अक्सिजन र रक्तचापको औषधि चलाइएको छ : चिकित्सक

काठमाडौँ – उपचाररत कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था चिन्ताजनक नै रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
चिकित्सकका अनुसार उनको रक्तचाप सन्तुलित गर्नका लागि अधिकतम मात्रामा औषधि चलाइएको छ। यस्तैउनलाई उच्चतम मात्रामा अक्सिजन समेत दिइएको अस्पतालले जनाएको छ।

नेता गिरि बिगत तीन सातादेखि ललितपुरको मेडिसिटि अस्पतालमा उपचाररत छन्। गिरिलाई शुक्रबार परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालिएको थियो।
भारतको मुम्बईस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरि लगत्तै मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई निमोनियाले सताएको थियो।

Source:deshsanchar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x