राष्ट्रियसमाचार

अब नि:शुल्क पार्किङ गर्न पाइने, ललितपुर महानगरको कार्यालय अगाडि

काठमाडौं– ललितपुर महानगरपालिकाले आफ्नो कार्यालय अगाडि पार्किङ हुने सवारीसाधनबाट उठाउँदै आएको शुल्क हटाएको छ। महानगरको १७औं कार्यपालिकाको बैठकले बुधबारदेखि लागू हुनेगरी महाानगरको कार्यालय अगाडि र सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो।

यसअघि सडक किनारा र महानगरको कार्यालय अगाडि पार्किङ गर्दा सेवाग्राहीहरुले पार्किङ बापतको शुल्क तिर्दै आएका  थिए। महानगरले सेवाग्राहीबाट नै पार्किङ बापतको शुल्क लिएको भन्दै गुनासो बढेसँगै महानगरको १७औं कार्यपालिको बैठकले पार्किङ शुल्क हटाउने निर्णय गरेको महानगरले जनाएको छ। कार्यपालिकाको बैठकले निषेधित क्षेत्रमा पार्किङ गरे स्थलगत कारबाही गर्ने, चोक–चोकमा ट्याक्सी पार्किङको व्यवस्था गर्ने लगायतका ट्राफिक व्यवस्थापनको कार्ययोजना  समेत ल्याएको छ।

महानगरले असार ६ गते नै जमिन तला, बेसमेन्टलाई गाडी पार्किङकै रूपमा सञ्चालन गर्न सूचना जारी गरेको थियो। हाल काठमाडौं महानगरपालिकाले पनि बेसमेन्ट खाली गराउँदै आइरहेको छ।

source:nepallive

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x