राष्ट्रियविजनेशसमाचार

बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भन्दै विभिन्न ३५ संघ/संस्थाले गरे संयुक्त आन्दोलनको घोषणा

काठमाडौं : नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत विभिन्न ३५ संघ/संस्थाले बैंक तथा वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै संयुक्त आन्दोलनको घोषणा गरेका छन्।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले बैंकिङ ब्याजदर एक प्रतिशत कायम गराउनुपर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने, सेवा शुल्क घटाउनु पर्ने लगायतका माग राख्दै आन्दोलनको घोषणा गरेका हुन्।

अर्थतन्त्रको मुख्य मेरुदण्डका रूपमा रहेका व्यवसायीहरू आफ्नो पेसाबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, निजी स्वार्थ, सरकारले दीर्घकालीन उत्पादनमुखी अर्थतन्त्रमा प्राथमिकता नदिनु रहेको उनीहरूले बताएका छन्।

उनीहरूले आफूहरूको माग पूरा नभए तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिएका छन्।

महासंघका केन्द्रीय अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाले चर्को रूपमा ब्याजदर बढाउँदा र लिलामी निकाल्दा पनि सरकार मौन बसेको आरोप लगाए।

उनले बैंक तथा वित्तीय संस्थाबाट व्यसायीलाई अत्याउने र धम्क्याउने काम भएको बताए।

source:annapurnapost

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x