राष्ट्रियविजनेशसमाचारसूचना प्रविधि

प्रोफेसनल कम्प्युटर सिस्टम प्रा लि र कुमारी क्यापिटलबीच सहकार्य गर्ने सम्झौता

कुमारी क्यापिटलले सफ्टवेरका लागि पिसिएससंग सम्झौता गरेको छ । आगामी चैत ९ गतेदेखि निष्काशन हुन लागेको ‘कुमारी सुनौलो लगानी योजना’ का लागि सम्झौता गरिएको हो ।
सम्झौतामा कुमारी क्यापिटलका तर्फबाट कार्यकारी प्रमुख पुष्प शर्मा र फाइनान्स व्यवस्थापक काजि थेबे तथा पिसिएसका तर्फबाट कार्यकारी प्रमुख मोहम्मद इल्ताफ हुसैन अन्सारी र व्यवसाय विकास अधिकृत किर्तन राज दाहालले हस्ताक्षर गर्नुभयो । संस्थाले निष्काशन गर्ने खुलामुखि योजनाको आइपीओ एनपीएस, खल्ती र सजिलो पेबाट पनि भुक्तानी गर्न सकिने पिसीएसले जनाएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गर्न लागेको हो । सोमध्ये हाल ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ भने बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने जनाइएको छ ।

Starbox Media Mouse

१० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ३ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा चैत १३ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २३ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यस योजना एक खुलामुखि योजना हो । योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ भने प्रारम्भिक आकार ५० करोड रुपैयाँ रहेको छ । यस निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात २ करोड ५० लाख इकाई बिक्री हुनु पर्नेछ।

यो योजना खुलामुखी योजना भएको हुनाले निरन्तर चलिरहन्छ। पहिलो चरणको निष्काशन तथा बाँडफाँट सम्पन्न भएको मितिले तीन महिनाभित्र यो योजनाको इकाई निरन्तर निष्काशन तथा बिक्रीको लागि खुला हुनेछ।
source:netizennepal

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x