अन्तराष्ट्रियसमाचारसूचना प्रविधि

सन् २००७ देखि २०२२ सम्म खुलेका फेसबुक अकाउन्टले पैसा पाउने

सन् २००७ को मे २४ देखि सन् २०२२ को डिसेम्बर २२ को बीचमा फेसबुकमा खाता खोलेका प्रयोगकर्ताहरुले उक्त रकममा दाबी गर्न सक्दछन् । यसका लागि आगामी अगष्ट २५ सम्ममा दाबी प्रस्तुत गरिसक्नु पर्नेछ ।

काठमाडौं । यदि तपाईंले पनि फेसबुक चलाउनुहुन्छ र तपाईंले फेसबुक अकाउन्ट सन् २००७ देखि सन् २०२२ को डिसेम्बरसम्मको अवधिमा खोल्नुभएको हो भने खुसीको खबर छ । किनकि तपाईंले आफ्नो त्यस्तो फेसबुक अकाउन्टबाट पैसा पाउन सक्नुहुन्छ ।

हो, फेसबुकको मातृ कम्पनी मेटाले यस्ता फेसबुक प्रयोगकर्तालाई रकम दिने भएको छ । तर यसका लागि केही शर्त राखिएको छ ।

फेसबुकमाथि सन् २०१८ मा क्याम्ब्रिज एनालिटिकालाई गलत तरिकाले आफ्ना ८ करोड ७० लाख प्रयोगकर्ताहरुको व्यक्तिगत जानकारी दिएको आरोप लागेको थियो । सोही मुद्दामा क्षतिपूर्ति प्रदान गर्नका लागि फेसबुक सहमत भएको छ । अर्थात् फेसबुकले उक्त घटनाबाट प्रभावित भएकाहरुका लागि कूल ७२ करोड ५० लाख डलर क्षतिपूर्ति दिँदैछ र तपाईं पनि सो रकमको एक हिस्सेदार बन्न सक्नुहुन्छ ।

फेसबुकमाथि डाटा चोरीको यो आरोप सन् २०१८ मा लागेको थियो र सोही विषयमा सन् २०१९ मा कम्पनीमाथि मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा फेसबुकले केवल लैंगिक तथा उमेरजस्ता प्राकृतिक डाटाहरु मात्र नभई प्रयोगकर्ताको तस्वीर, उनीहरुले बनाएका भिडियो, हेरेका भिडियो तथा निजी मेसेजहरु समेत शेयर गर्ने गरेको दाबी गरिएको थियो ।

फेसबुकबाट पैसा पाउन कसरी गर्ने आवेदन ?

सन् २००७ को मे २४ देखि सन् २०२२ को डिसेम्बर २२ को बीचमा फेसबुकमा खाता खोलेका प्रयोगकर्ताहरुले उक्त रकममा दाबी गर्न सक्दछन् । यसका लागि आगामी अगष्ट २५ सम्ममा दाबी प्रस्तुत गरिसक्नु पर्नेछ ।

सन् २०२२ मा क्याम्ब्रिज एनालिटिकाका सम्बन्धमा परेको मुद्दामा एउटा सम्झौता भयो र त्यसलाई अदालतमा लगियो । त्यसपछि २२ डिसेम्बरसम्म लामो छलफल भयो । त्यसपछि वादी पक्षले सम्झौताको प्रारम्भिक स्वीकृतिका लागि एक प्रस्ताव पेश गर्यो ।

वादीको प्रतिनिधित्व गर्ने कानूनी फर्म केलर रोहरब्याक एलएलपीका के डेरेक लोसर तथा लेस्ली विवरका अनुसार सो ऐतिहासिक सम्झौताले फेसबुकको निकै जटिल तथा प्रमुख मानिएको प्राइभेसी सम्बन्धी मामिलामा सम्बन्धित पक्षलाई राहत प्रदान गर्नेछ ।

फेसबुकले प्रदान गर्ने रकम दाबी गर्न अनलाइन फारम भरेर पेश गर्नु पर्दछ । तर फेसबुकको उक्त रकममा दाबी गर्नका लागि माथि उल्लेखित अवधिमा कुनै समय तपाईं अमेरिकामा पुगेको हुनुपर्नेछ । यदि तपाईं त्यस अवधिमा कहिल्यै पनि अमेरिका जानुभएको छैन भने आवेदनका लागि अयोग्य हुनु हुनेछ ।

–एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x