राष्ट्रियविजनेशसमाचार

आज मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड

काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आइपीओ आज वैशाख १३ गते बुधबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटका अनुसार बुधबार लैनचौर ब्यांक्वेटमा आइपीओ बाँडफाँड गरिएको बताएको छ ।

क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ४४ हजार ३ सय ८५ जनाको आवेदन परेको थियो । जस मध्ये ११ लाख ७४ हजार २ सय २८ जना मात्र शेयर पाउन योग्य रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथा मार्फत शेयर बाँडफाँड भएको छ । जस अनुसार गोलाप्रथा मार्फत कुल ९५ हजार ४ सय ११ जनाले शेयर पाएका छन् । यी मध्ये ४ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

source:arthatantra

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x