राष्ट्रियसमाचार

रास्वपा सरकारमा नजाने, सरकारलाई दिएको समर्थन फिर्ता नलिने

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नजाने र पुष्पकमल दाहाल सरकारलाई दिएको समर्थन यथावत राख्ने भएको छ । शुक्रबार शपथ ग्रमण समारोहमा लामिछानेले यथास्थितिमा सरकारमा नजाने र समर्थन’bout पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुग्ने जानकारी दिए । सरकारलाई दिएको समर्थन फिर्ता लिने’bout सभापति लामिछानेको अभिव्यक्तिप्रति प्रधानमत्री दाहालले चासो व्यक्त गरेका छन् ।

१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने’bout आफ्नो अभिव्यक्तिप्रति चासो व्यक्त गरेको जानकारी दिएका हुन् ।

गत मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँग लामिछानेले सरकारमा सहभागी नहुने र सरकारलाई दिएको समर्थन राखिराख्नु औचित्य नभएको अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई टेलिफोन गरेर चासो राखेका हुन् । आफू चितवनबाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई दिन फोन गर्दा सरकारलाई दिएको समर्थन फिर्ता लिने आफ्नो अभिव्यक्ति’bout चासो राखेको लामिछानेले बताए ।

source:rajdhanidaily

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x