राष्ट्रियसमाचार

संसदीय समितिमा बालेन शाहकाे चर्चा, रवि लामिछानेमाथि प्रश्न

सांसदहरूले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहकाे कामकाे प्रशंसा गरेका छन्।

स्थानीय सकारकाे कामकाे प्रशंसा गर्दै संघ सरकारले किन नगरेकाे भनेर सांसदहरूले प्रश्न उठाएका हुन्।

कानुन न्याय तथा मानवअधिकार समितिमा आइतबार केही नेपाल ऐन संशोधन विधेयकमा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल थियाे।

छलफलमा सम्बन्धित मन्त्रालयकाे तर्फबाट मन्त्री र सचिव सहभागी थिए। स्वास्थ्य मन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेकाले उक्त मन्त्रालयकाे कार्यवाहक जिम्मेवारी पाएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जवाफ दिन उपस्थित थिए।

छलफलकाे विषय थियाे, न्याम्स र वीर अस्पताललाई अलग गरेर छुट्टै संरचना बनाउने। दुबैलाई अलग गरेर स्वायत्त बनाउने प्रस्तावसहित सरकारले संशोधन गर्न खाेजेकाे छ।

संशोधनमा भाग लिँदै कांग्रेस सांसद जीवन परियारले न्याम्सबाट वीर अलग गर्न उपयुक्त हुने तर त्यसका लागि केही शर्तहरू निर्धारण गर्नुपर्ने बताए।

त्यसपछि उनले संघ सरकारमातहत रहेका सरकारी अस्पताल किन प्रभावकारी बन्न सकेनन् भनी प्रश्न उठाए।

`काठमाडौंका मेयर बालेन शाहले गरिब निमुखालाई निशुल्क उपचार दिन्छु, पालिकाबाट सिफारिस गरेर ल्याउनु भन्छ, यति बेड खाली छ भन्छ। केन्द्रीय सरकार के हेरेर बसेकाे छ, यत्राे राज्य सञ्चालनकर्ता भएर किन सक्दैन ?´ कार्यवाहक स्वास्थमन्त्री लामिछानेलाई साेधे। उनले यसका लागि छुट्टै नीति बनाएर गरिब निमुखालाई सर्वसुलभ उपचार दिनुपर्नेमा जाेड दिए। सरकारी अस्पतालमा  कालाेबजारी मौलाएकाे, गरिबले उपचार नपाएर आत्महत्या गरेकाे, खर्च नतिरी भाग्नुपरेकाे अवस्था सुनाउँदै रिजल्ट देखिनेगरी अनुगमन गर्न माग गरे।

source:arthasansar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x