समाचार

खैरो हेरोइनसहित कोटेश्वरबाट २ जना पक्राउ

अवैध लागु औषध खैरो हेरोइनसहित कोटेश्वरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको दमक नगरपालिका–१ घर भएकी ३६ वर्षीया सपना भुजेल र सोही ठाउँका ४१ वर्षीय कुमार भुजेल छन् ।

३० लाग औषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

त्यसैगरी उनीहरुबाट लागु औषध तौल गर्न प्रयोग हुने २ थान डिजिटल तराजु र ५५ हजार रुपैयाँ समेत बरामद भएको छ । कोटेश्वरको रमाइलो लज एण्ड भोजनालयको दोस्रो तलाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुबै जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ को कसुर अन्तर्गत म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

source-Online

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x