विजनेशसमाचार

जलजला गाउँपालिकाद्वारा बिउ आलुमा कृषकलाई १० लाख ७७ हजार अनुदान वितरण

पर्वतको जलजला गाउँपालिकाले उन्नतजातको बीउ आलुमा आत्मनिर्भर बनाउन कृषकलाई आलुको बीउमा १० लाख ७५ हजारभन्दा बढी अनुदान दिएको छ । आलु रोप्ने सिजनमा बीउ नपाएर चिन्तित हुने कृषकलाई लक्षित गरी गाउँपालिकाले आलुको मुल बिउ गाउँपालिकाले खरिद गर्ने सम्झौता अनुसार प्रगतिशिल बीउ उत्पादन समुह र नमुना कृषि तथा पशुपंक्षी कृषक समूहलाई ३३ हजार २ सय केजी बिउ आलुको १० लाख ७५ हजार ४५० रुपैयाँ अनुदान वितरण गरिएको हो । प्रगतिशिल बीउ उत्पादन समुहलाई प्रति केजी ३५ रुपैयाँको दरले २२ सय ७० केजी मुलबिउको ७९ हजार ४५० रुपैयाँ र प्रगतिशिल बीउ उत्पादक कृषक समुहलाई प्रमाणित प्रथम पुस्ताको बिउको प्रतिकेजी ३० का दरले ९ लाख ९६ हजार अनुदान उपलब्ध गराइएको गाउँपालिकाका कृषि अधिकृत राजुप्रसाद गौतमले बताउनुभयो ।‘कृषकको आलुको बिउ गाउँपालिकाले खरिद गर्ने सम्झौता छ, अनुदानसँगै प्रोत्साहनका कार्यक्रमबाट उहाँहरु उत्साहित हुनुहुन्छ’ अधिकृत गौतमले भन्नुभयो ।

बीउ आलुका लागि गाउँपालिकाले मल तथा उत्पादन साम्रागी समेत दिने गरेको छ। गाउँपालिकाले समुहमार्फत खरिद गरेको बिउ आलु पोखराको कोल्ड स्टोरमा भण्डारण गरी सिजनमा गाउँपालिका भित्रका बीउ उत्पादक कृषक समुहलाई नै वितरण गर्ने अधिकृत गौतमको भनाई छ । गाउँपालिकाले आलुको सिजनमा मल बिउ नपाएर निराश कृषकलाई लक्षित गरी राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँगसामूहिक मूलबीउ रोप्ने अभियान सञ्चालन गरेको थियो । गाउँपालिका भित्र बर्षेनी आलु बिक्री गर्ने ४० अगुवा कृषक छन् । गाउँपालिका भित्र आलुको पकेट क्षेत्रमा एउटै बीउको प्रयोग हुँदा निर्वाहमुखी उत्पादन र बिक्री गर्ने क्रममा गुणस्तरमा देखिएको समस्या समाधान गर्ने गरी राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको मूलबीउ भित्राएर अनुदान दिएको को प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । ‘आलुखेतीका लागि बिउमाअनुदान दिन शुरु गरेपछि कृषकको सङ्ख्या बढ्दै गएको छ, समुहमा आवद्ध भएर आलुखेतीमा सक्रिय हुनेको संख्या बढ्दो छ’ आचार्यले भन्नुभयो ।जलजला आलु उत्पादनका लागि उर्वर मानिएपनि विगतमा उन्नतजातको आलुको बिउ समयमै नपाउँदा निराश हुने कृषकको समस्या समाधान भएको प्रगतिशिल बीउ उत्पादन समुह तारानाथ भुषालले बताउनुभयो । ‘गाउँपालिकाले सहयोग गरेपछि यहाँ कृषक आलु उत्पादनमा हौसिएका छन’ अनुदान दिने, खरिदमा पनि सघाउनु हाम्रो लागि ठूलो राहत हो’ अगुवा कृषक भुषालले भन्नुभयो । आलुको गुणस्तर राम्रो भएकाले अन्य पालिकाबाट समेत बिउ लिन आउने गरेका छन् । यसैबीच गाउँपालिकाले गत आर्थिक बर्ष २०८०÷०८१ मा ६६ हजार ७० केजी उन्नत विउ बिक्री गरी २९ लाख ७१ हजार६४९ रुपैयाँ आन्तरिक आम्दानी तर्फ राजश्व संकलन गरेको छ । गाउँपालिकाले कृषकबाट खरिद गरेको आलुको बिउ ५० प्रतिशत अनुदानमा कृषक र कृषि ज्ञान केन्द्रमार्फत सिफारिस भएका कृषक समुह तथा म्याग्दी, कास्की लगायतका जिल्लाका कृषकलाई ३५ हजार ९७७ केजी बिउ बिक्री गरी २१ हजार ९८ हजार ६५९ आम्दानी गरेको हो ।

गाउँपालिका भित्रका समुहलाई प्रति केजी ३० रुपैयाँ र पर्वत र अन्य जिल्लाका समुहलाई ६० रुपैयाँमा बिउ आलु बिक्री गरिएको छ । गाउँपालिकाले आलुको बिउ बिक्रीबाट कुल राजश्व संकलनको २२ प्रतिशत संकलन गरेको छ । ढुंगागिटी, बालुवा बिक्रीबाट हुने आम्दानीपछि सबैभन्दा धेरै राजश्व बिउ आलु बिक्रीबाट गाउँपालिकाले आम्दानी गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x