स्वास्थ्य

जाडोमा बालबालिकालाई खुवाउनै पर्ने १० शक्तिवर्द्धक आहार

जाडो महिना बालबालिकाका लागि मात्रै नभई ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरीलगायत सम्पूर्ण व्यक्तिका लागि चुनौतीपूर्ण हुन्छ। मौसम परिवर्तनले गर्दा यो बेला विभिन्न किसिमका संक्रमण हुन सक्छन्। जाडोमा रोगसँग लड्ने क्षमतामा कमी भएर विशेषगरी बालबालिकामा संक्रमणको समस्या बढी हुन्छ।

बिरामी भएपछि बालबालिकाले खानेकुरामा खासै ध्यान दिँदैनन्। औषधि सेवन गर्न थालेपछि त खानेकुरा खान खासै मन गर्दैनन् र दिनदिनै झन सिकिस्त हुँदै जान्छन्। लामो समयसम्म खानेकुरामा ध्यान पुर्‍याउन नसक्दा शारीरिक, मानसिक रुपमा नराम्रो असर पर्न सक्छ। शारीरिक शक्ति, मेटाबोलिजम् आदिमा परिवर्तन हुन सक्छ। चिसो मौसममा न्यानो लुगा आदि मात्रैले पुग्दैन। पोषिलो खानेकुरामा बढी ध्यान पुर्‍याउनु पर्छ।

ktm cancer

यहाँ विशेषगरी गरी बालबालिकाको लागि पोषिलो, शक्तिबर्धक, खानेकुराको बारेमा उल्लेख गरिएको छ।

hams

१. सखर
जाडो मौसममा सखर हरेक उमेर समूहका लागि एकदमै उपयोगी हुन्छ। सखर पोषक तत्वले भरिपूर्ण हुन्छ। यसमा खनिज तत्व, लौह तत्व, जिन्क, इन्जाइम, इनर्जी आदि पाइन्छ। यो बेला सखरको सेवनले शारीरिक कमजोरी, थकान मेटाउन मद्दत गर्छ। जाडो समय विशेषगरी माघ महिनाभरि घ्यु, चाकु, तिलको लडडु, भुजाको लडडु आदि खाने परम्परा छ।

२. ताजा मौसमी सागपात, तरकारी
मौसम अनुसारको सागपात, तरकारी जस्तै: काउली, ब्रोकाउली, तरुल, गान्टेमुला, सखरखन्ड, कुरिलो, कागती, विभिन्न किसिमका साग आदिको सेवन गर्नुपर्छ। गाजरमा बिटा क्यारोटिन भएकोले बालबालिकालाई काँचो वा पकाएर जस्तो पनि दिन सकिन्छ। झोलिलो सुपले शरीर न्यानो हुनुका साथै विभिन्न पोषक तत्व दिन्छ।

३. ओखर, बदाम, ( नट्स, आलस, तिल)
जाडो महिनामा मात्रै नभई सधैं खजुर, बदाम, ओखर, नेपाली बदाम, छोकडा, खुर्पानी अत्ति नै स्वास्थबर्धक खानेकुरा हुन्। शारीरिक वृत्ति विकास, इन्सुलिनको मात्रा मिलाउन, मष्तिस्क बलियो बनाउन, मुटु स्वस्थ राख्न, स्मरण शक्ति बढाउन, बालबालिकाको सम्पूर्ण विकासको लागि यी खानेकुरा अति नै उपयोगी हुन्छन्।

४. सौफ (मसलाको सौफ)
सौफको सेवन नियमित गर्नाले शरीरको संक्रमण, विकार नाश हुनुका साथै रक्त कोषिकाको वृद्धि विकास, ब्याकटेरियसको नाश समेत गर्छ। यसमा २० प्रतिशत भिटामिन सी पाइन्छ। जसको सेवन जाडो याममा राम्रो मानिन्छ।

५. माछा
जाडो याममा माछाको प्रयोग गर्नु राम्रो हो। माछा प्रोटिनको राम्रो स्रोत मानिन्छ। जुन पचाउन पनि सजिलो हुन्छ। यसमा ओमेगा थ्री फ्याटी एसिड, भिटामिन डी आदि पाइन्छ, जसले मुटु रोगको साथै हाडको कमजोरी निको पार्छ।

६. दही–मोही
जाडो याममा दही, मोही चिसोको डरले खान हुँदैन भनिन्छ। तर यो खान हुँदैन भन्ने बुझ्नु गलत हो। कतिपय बिरामी जो निमोनिया, ज्वरो, रुघाखोकी आदिबाट ग्रसित छन् उनीहरुले मात्र खान नमिल्ने हो। अरु अरुसबैले खान हुन्छ। दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ, जसले खानेकुरा पचाउन मद्दत गर्छ। साथै दही पेटको  सम्पूर्ण स्वास्थ्यको लागि राम्रो हो। पेटको संक्रमणबाट बचाउने कामका साथै ६० प्रतिशतसम्म रोग प्रतिरोधात्मक क्षमता दहीले बढाउने काम गर्छ।

७. ग्रिन टी
ग्रिन टीले तौल नियन्त्रणमा मद्दत गर्छ। साथै एन्टिअक्सिडेन्टले भरिपूर्ण भएकोले नेसनल बायोटेक्नोलोजीको सूचनाअनुसार ग्रिन टीले अक्सिडेनट र विकिरणबाट शारीरको रक्षा गर्छ। यसको नियमित प्रयोगले शरीरको विकार, विशालु पदार्थ आदिको निष्कासनमा सहयोग पुर्‍याउँछ।

८. लसुन, अदुवा, बेसार
लसुन, अदुवा, बेसार हाम्रो भान्सामा सजिलै पाउने मसला हुन्, जुन स्वादका लागि मात्र नभई रङ, स्वास्थ आदिको लागि गुणकारी मानिन्छन्। लसुन मुटुको लागि जाडोयाममा एकदम राम्रो हो। ल्वाङ, लसुनमा क्याल्सियम, सल्फरिक एसिड, पोटासियमको समिश्रणले ब्याक्टेरियालाई नाश गर्ने काम गर्छन्। बेसारले फ्रि राडिकल्सबाट पनि जोगाउने कामका साथै दूधसँग खान राम्रो मानिन्छ।

९. दालचिनी, मरिच, अदुवा
दालचिनी, मरिच, अदुवाको समिश्रणबाट बनाएको सुप, चियाले चिसोबाट जोगाउन मद्दत गर्छ। यसले विभिन्न रोग आदिबाट पनि बचाउने गर्छ। क्यान्सर, अल्जाइमर्स, मुटु रोग, मेटाबोलिकमा राम्रो काम गरेको पाइन्छ।

एउटा अध्ययबाट ४५ जना मानिस जसमा अर्थराइटिस थियो। उनीहरुले ५०० मिलिग्राम बेसार सेवन नियमित गरेकोले ५० प्रतिशतसम्म औषधि कम गरेको पाइयो। अर्को २४७ जना मानिस जसलाई अस्टिओ अर्थराइटिस थियो, उनीहरुलाई अदुवाको सुप सेवनले दुखाइ कम भयो। यसले स्मरण शक्ति बढाउनुका साथै दिमागको नशालाई बलियो बनाउँछ। पाचन प्रणाली, कोलोन क्यान्सर आदिबाट रक्षा गर्छ। बेसारमा भएको कम्पाउनडलाई करक्युमिन भनिन्छ।

१०. फलफूल 
जाडोयाममा फलफूलको सेवन गर्न डर मान्ने गरेको पाइन्छ। तर यो सही होइन। यो बेला झन् फलफूलको नियमित प्रयोग गर्नुपर्छ। यसमा भएको पोषक तत्व, भिटामिन आदिले धेरै रोगबाट जोगाउने काम गर्छ। रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्नुको साथै जटिल रोगसँग बचाउने काम गर्छ। मौसम अनुसारको सबै फलफूल उपयुक्त हुन्छन्। सुन्तला, केरा, नासपाती, मेवा, अनार, स्याउ, मौसम, अम्बा, आँप आदिको सेवन सधैं गर्नुपर्छ।#जाडो मौसम #बालबालिका

source: swasthaya khabar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x