मुगुम कार्मारोङ गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा
कालीकाेट – मुगुको मुगुम कार्मारोङ गाउँपालिका–४ मा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन भएको छ ।

विकट क्षेत्रमा प्रभावकारी दूरसञ्चार सेवा पुर्याउने उद्देश्यले कर्णाली प्रदेशको विकट बस्तीमा फोरजी मोबाइल सेवा विस्तार गरिएको टेलिकम प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका अनुसार गाउँपालिकाका सबै वडाअन्तर्गत पर्ने डोल्फु, पुलु, किम्री, कार्तिके, दारा, रिउसा गाउँ र पदयात्रा मार्गका सेवाग्राहीले फोरजी सेवा प्राप्त गर्नसक्ने भएका छन् ।
#nepaltelicom#mugu #मुगुम कार्मारोङ गाउँपालिका#कर्णाली प्रदेश#कालीकाेट
