रुसमाथि युक्रेनको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, रुसले छिट्टै जवाफ दिने
युक्रेनले रुसका धेरै ठाउँमा आक्रमण गरेको छ । यो युद्धपछिको ‘सबैभन्दा ठूलो’ आक्रमण भएको युक्रेनले दाबी गरेको छ ।युक्रेनको सशस्त्र बलका अनुसार विभिन्न क्षेत्रमा गोलाबारुद भण्डार र रासायनिक प्लान्टलाई निशाना बनाइएको थियो। तीमध्ये केही सीमाबाट सयौं किलोमिटर टाढा थिए।
युक्रेनको खुफिया एजेन्सीले बीबीसीलाई यो हमला रुसी क्षमताका लागि ‘पीडादायी प्रहार’ भएको बताएको छतर रुसले युक्रेनले प्रहार गरेको मिसाइल र क्रुज मिसाइललाई खसालेको बताएको छ । रुसले पनि यो आक्रमणको जवाफ दिने बताएको छ ।
source. BBC
