विजनेश

हुम्लाबाट ४७ हजार केजी स्याउ ढुवानी अनुदानमा निकासी

सिमकोट – हुम्लाबाट ४७ हजार केजीभन्दा बढी स्याउ ५० प्रतिशत ढुवानी अनुदानमा जिल्लाबाहिर निकासी गरिएको छ। खार्पुनाथ गाउँपालिका– ५ को खार्पुसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएसंगै स्याउ निकासी गर्न सम्भव भएको हो।

स्याउ जोन परियोजनाले हालसम्म तीन हजार ३६६ कार्टुन स्याउ जिल्ला बाहिर निकासीका लागि ढुवानीमा अनुदान दिएको छ। एउटा कार्टुनमा १४ केजी स्याउ अट्ने गर्छ। परियोजनाले मात्र ४७ हजार १२४ केजी स्याउ निकासीमा अनुदान दिएको छ।

यस वर्ष परियोजनाको पचास प्रतिशत ढुवानीमा अनुदान दिएर पैदल मार्गबाट स्याउ ढुवानी गर्ने कार्य सुरु भएको हो। यसका लागि नौ खाल बजेट परियोजनाले खर्च गरेको छ। परियोजनाले जिल्ला दर रेट अनुसार प्रतिकेजी स्याउँमा पचार प्रतिशत अनुदानको ब्यवस्था दिनेछ।

जिल्लाबाट सुर्खेत र नेपालगंजसम्म निकासी भएको स्याउँलाई ढुवानी अनुदान दिने गरिएको छ। त्यसैगरि स्याउका दाना प्याक गर्नका लागि पचासी प्रतिशत अनुदानमा कार्टुन पनि किसानलाई उपलब्ध गराईएको छ। जसमा एउटा कार्टुनको मुल्य किसानले पैतीस रुपियाँ तिरेका थिए। जिल्लामा उत्पादन भएको स्याउको बजारीकरणका लागि परियोजनाले ढुवानीमा अनुदानको ब्यवस्था गरेको हो। कच्ची सडक र गुणस्तरीय रुपमा प्याकिङ गर्न नसकिएको कारण स्याउ निकासी गर्ने किसानले भने समस्या झेल्नु परि रहेको छ। हुम्लाको स्याउ पहिलो पटक हुम्लाको स्याउ काठमाडौं, पोखरा, भैरहवा, नेपालगंज मात्र नभएर भारतको दिल्लीसम्म स्थानीय ब्यापारी पुर्याएका थिए। त्यसैगरि चङ्खेली गाउँपालिका– ३ का प्रकाश जैसीले पनि यसवर्ष ५८४ कार्टुन स्याउ ब्यक्तिगत रुपमा निकासी गरेका छन्। त्यो बाहेक ढुवानी अनुदान र ब्यक्तिगत रुपमा पनि अन्य सात जना किसानले स्याउ जिल्लाबाहिर बिक्रीका लागि लगेका छन्। किसानबाट जिल्लामा खरिद गरेको स्याउ ब्यापारीले प्रतिकेजी २५ देखि २८ रुपैयाँसम्म तिरेका थिए।

source: Deshsanchar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x