खेलकुद

क्लब विश्वकपमा पीएसजीको प्रभुत्व, समूह विजेता घोषित

पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ।सोमबार राति भएको खेलमा सिटल सन्डर्सलाई २-० ले हराउँदै पिएसजी दोस्रो चरणमा प्रवेश गरेको हो।युरोपेली च्याम्पियन्स पिएसजी समूह ‘बी’को विजेता बन्दै दोस्रो चरण प्रवेश गरेपछि दोस्रो चरणमा समूहको ‘ए’को उपविजेतासँग खेल्ने छ। सायद समूह ‘ए’को उपविजेता इन्टर मिलान या पल्मेराइसु मध्य एक हुने छन्।३५ औँ मिनेटमा क्राभेत्सेलाको गोलमा अग्रता लिएको पिएसजीका लागि अक्राफ हाकिमीले ६६ औँ मिनेटमा अर्को गोल गरे।

समूह ‘बी’को अर्को खेलमा एट्लेटिको म्याड्रिडले बोटाफागोलाई १–० ले हरायो। एट्लेटिकोका लागि एन्टेनियो ग्रिजम्यानले ८७ औँ मिनेटमा गोल गरे।समूह ‘बी’मा पिएसजी, बोटाफागो र म्याड्रिडको समान ६ अङ्क भएपछि गोल अन्तरको आधारमा बोटाफागो दोस्रो र म्याड्रिड तेस्रो भए। बोटाफागो समूहमा दोस्रो हुँदै अर्को चरणमा प्रवेश गरेको छ भने इन्टर मिलान बाहिरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x