राष्ट्रियविजनेश

फोनपे र सामाजिक सुरक्षा कोषबीच सम्झौता

भुक्तानी नेटवर्क फोनपे र सामाजिक सुरक्षा कोषबीच प्रवासी नेपाली श्रमिकलाई लक्षित गर्दै डिजिटल माध्यमबाट कोषमा योगदान बुझाउने सुविधा सुरु गर्ने सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा फोनपेका प्रमुख सञ्चालन अधिकृत पारस कुँवर र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका हुन्।

सम्झौता भएसँगे अब विदेशमा रहेका नेपाली श्रमिकले फोनपे नेटवर्कअन्तर्गतका बैंकको मोबाइल बैंकिङ एपमार्फत सिधैं सामाजिक सुरक्षा कोषमा योगदान बुझाउन सक्नेछन्।

यस पहलले फोनपे नेटवर्कको पहुँच र प्रविधिको उपयोग गरी योगदान प्रक्रिया अझ सहज र सुलभ बनाउने लक्ष्य राखेको छ।

सम्झौता कार्यक्रममा फोनपेका प्रमुख सञ्चालन अधिकृतपारस कुँवर भने फोनपे नेटवर्कको व्यापक पहुँचका कारण यो सहकार्य प्रवासी नेपाली श्रमिकका लागि निकै उपयोगी हुनेछ बताए।

‘यसले उनीहरूलाई सामाजिक सुरक्षा कोषमा सहज तरिकाले योगदान गर्न सहयोग पुर्‍याउनेछ र रेमिट्यान्स पठाउन औपचारिक च्यानलको प्रयोगलाई पनि प्रोत्साहन गर्नेछ,’ उनले भने।

सो अवसरमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले यो कार्यले प्रवासी श्रमिक र नेपालको सामाजिक सुरक्षा प्रणाली बीचको सम्बन्ध अझै मजबुत बनाउने विश्वास व्यक्त गरे।

‘हाम्रो उद्देश्य हरेक नेपाली श्रमिकको आर्थिक सुरक्षा सुनिश्चित गर्नु हो। फोनपे नेटवर्कमार्फत मोबाइल बैंकिङ प्रयोग गरी योगदान प्रक्रिया अझ सरल र पहुँचयोग्य हुने विश्वास गरेका छौं,’ उनले भने। source: setopati

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x