भोक्राहा नरसिंह गाउँपालिकालाई काठमाडौं महानगरपालिकाबाट एम्बुलेन्स सहयोग
भोक्राहा नरसिंह गाउँपालिका, सुनसरी — काठमाडौं महानगरपालिकाले आफ्नो सहकार्य र सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकालाई एउटा नयाँ एम्बुलेन्स हस्तान्तरण गरेको छ।
गाउँपालिकामा स्वास्थ्य सेवा र आकस्मिक उद्धारका क्रममा एम्बुलेन्सको अभाव देखिँदै आएको थियो। नयाँ एम्बुलेन्स प्राप्त भएपछि स्थानीय बासिन्दाले आकस्मिक स्वास्थ्य सेवामा ५० पर्तिसत छुट मा सेवा पाउने छन।
हस्तान्तरण कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न महानगरले निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे। गाउँपालिका अध्यक्ष अजमल अख्तर मियाँ ले काठमाडौं महानगरलाई धन्यवाद ज्ञापन गर्दै यस सहयोगले गाउँपालिकाको स्वास्थ्य सेवा प्रणालीलाई सबल बनाउने विश्वास व्यक्त गर्नुभयो।
यसअघि गाउँपालिकामा सीमित एम्बुलेन्स साधनका कारण आकस्मिक बिरामीलाई जिल्ला वा काठमाडौंसम्म लैजान कठिनाइ हुने गरेको थियो। नयाँ सुविधा थपिएसँगै गाउँपालिकाले स्वास्थ्य सेवामा गुणस्तरीय सुधार हुने आशा राखेको छ।
