पालिका खबर

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट दशैं शुभकामना

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले यस वर्षको महान चाड बडा दशैं (विजयादशमी) का अवसरमा सम्पूर्ण गाउँबासीसहित देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ।

पालिका अध्यक्ष अजमल अख्तर आजादले सोमबार जारी गरेको शुभकामना सन्देशमा दशैंलाई सत्यको विजय र असत्यको पराजयको प्रतीकका रूपमा उल्लेख गर्दै यस पर्वले सामाजिक सद्भाव, आपसी एकता, धार्मिक सहिष्णुता तथा राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

सोमबार जारी शुभकामना सन्देशमा अध्यक्षअजमल अख्तर आजादले दशैंका बेला परिवारभित्र टिका, जमरा, फूलपाती र प्रसाद ग्रहण गर्ने परम्पराले सांस्कृतिक एकता र आपसी सद्भावलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले भने, “हाम्रो मुलुकको विविधताबीचको मेलमिलाप र सहिष्णुता नै हाम्रो बल हो, चाडपर्वहरूले यसलाई अझ सुदृढ पारिरहेका छन्।”

अध्यक्ष अजमल अख्तरआजादले भोक्राहा नरसिंह गाउँपालिकालाई बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सौन्दर्यले भरिएको समाजको नमूना बताउँदै, सबै चाडपर्व आपसी सम्मान र सहकार्यका साथ मनाउन आग्रह गरे। उनका अनुसार, यस वर्षको दशैंले नयाँ उत्साह, जोश र ऊर्जा जगाउँदै “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय अभियानलाई सफल बनाउन सबै एकताबद्ध हुन जरुरी छ।

शुभकामना सन्देशमार्फत अध्यक्ष आजादले सम्पूर्ण गाउँबासीसहित देश–विदेशमा रहेका नेपालीहरूलाई शान्ति, समृद्धि र प्रगतिका शुभकामना दिँदै चाडपर्वलाई मेलमिलाप र सद्भावसहित मनाउन अपिल गरेका छन.

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x