पालिका खबरराष्ट्रियसमाचार

नोगाड गाउँपालिकामा नयाँ बस सेवा सञ्चालन

दार्चुलाको नोगाड गाउँपालिकाले स्थानीय नागरिकको यातायात सेवालाई सहज र प्रभावकारी बनाउने उद्देश्यले नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ।

गाउँपालिका कार्यालयको पहलमा खरिद गरिएको बसको औपचारिक उद्घाटन कार्यक्रमसहित सञ्चालन सुरु गरिएको हो।गाउँपालिकाको लोगो अंकित बसलाई फूलमाला तथा रिबन काटेर उद्घाटन गरिएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। दुर्गम बस्तीका नागरिकलाई सहज, सुरक्षित र किफायती यातायात सेवा उपलब्ध गराउने उद्देश्यले बस सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ।

नयाँ बस सेवा सञ्चालनसँगै शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिक आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ। यसले ग्रामीण क्षेत्रका नागरिकलाई सदरमुकाम तथा अन्य सेवा केन्द्रसम्म पुग्न सहयोग पुग्ने विश्वास लिइएको छ।नोगाड गाउँपालिकाले आगामी दिनमा पनि पूर्वाधार विकास र जनजीवन सहज बनाउने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

#नोगाडगाउँपालिका
#दार्चुला
#स्थानीयविकास
#ग्रामीणयातायात
#बससेवासुरु
#पूर्वाधारविकास
#गाउँपालिकाकोपहल
#जनताकोलागिसेवा
#सार्वजनिकयातायात
#दुर्गमक्षेत्र
#विकासकोमार्ग
#स्थानीयसरकार
#सुदूरपश्चिम

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x