राष्ट्रियसमाचार

रुकुम (पश्चिम)मा भूकम्पपछिको पुनर्निर्माणले गति लिने संकेत विस्तृत क्षति आकलन तथा उत्थानशील पुनर्निर्माण सम्बन्धी तीनदिने तालिम सम्पन्न

रुकुम (पश्चिम)मा जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासको पुनर्निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित विस्तृत क्षति आकलन तथा उत्थानशील पुनर्निर्माण सम्बन्धी तीन दिने तालिम पुस १५ गते मंगलबार सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)को सभाहलमा सम्पन्न तालिमको उद्घाटन समारोह प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीको अध्यक्षतामा सम्पन्न भएको थियो। तालिमको आयोजनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण रहेको थियो।

तालिमको मुख्य उद्देश्य जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासमध्ये यसअघि विस्तृत क्षति आकलनमा छुटेका घरहरूको पुनः विस्तृत क्षति आकलन गर्नु, पुनर्निर्माणसम्बन्धी गुनासो व्यवस्थापन गर्नु तथा जिल्लाका ६ वटै स्थानीय तहका प्राविधिकहरूलाई सक्षम बनाउँदै समयमै पुनर्निर्माण कार्य सम्पन्न गर्न सहजीकरण गर्नु रहेको थियो।

तालिम सम्पन्न भएसँगै जाजरकोट भूकम्पपछिको निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यले थप गति लिने अपेक्षा गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)ले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x