अर्थ मन्त्रालयलाई सबैभन्दा धेरै बजेट, अरूलाई कति ?
१५ जेठ, काठमाडौं । सरकारले अर्थ मन्त्रालयका लागि आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ ।आगामी आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट ल्याएको सरकारले अर्थ मन्त्रालयलाई कुल विनियोजनको ११.९८ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरेको छ ।अर्थ मन्त्रालयका लागि २ खर्ब २२ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरिएको छ । दोस्रो स्थानमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छ । उसका लागि कुल विनियोजनको १०.९५ प्रतिशत अर्थात् २ खर्ब ३ अर्ब विनियोजन गरिएको छ ।
बढी बजेट पाएका १० मन्त्रालय
- अर्थ मन्त्रालय : २ खर्ब २२ अर्ब (११.९८)
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय : २ खर्ब ३ अर्ब (१०.९५)
- गृह : १ खर्ब ९९ अर्ब (१०.७१ )
- भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय : १ खर्ब ५० अर्ब (८.०९)
- सहरी विकास मन्त्रालय : ९२ अर्ब ६३ करोड (४.९८)
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय : ८७ अर्ब ५५ करोड (४.७१)
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : ८६ अर्ब २३ करोड (४.६४)
- रक्षा मन्त्रालय : ५९ अर्ब ८७ करोड (३.२२)
- कृषि तथा पशुपंक्षी विकास मन्त्रालय : ५७ अर्ब २९ करोड (३.०८)
- खानेपानी मन्त्रालय : २६ अर्ब ६३ करोड (१.४३)

