राष्ट्रियसमाचार

मकवानपुर–काठमाडौँ जोड्ने दुई सडक पुनःसञ्चालन

मकवानपुर र काठमाडौँ जिल्ला जोड्ने दुई सडक पुनः सञ्चालनमा आएका छन्। सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। यी दुबै सडक स्तरोन्नतिका लागि गत पौष ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो।

यसैगरी, मकवानपुर–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको प्रनाउ अर्यालले बताए।

#चित्लाङ#मकवानपुर–काठमाडौँ#कुलेखानी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x