अन्तराष्ट्रियसमाचारसूचना प्रविधि

एन्ड्रोइड १३ को बेटा भर्सन सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड

काठमाडौं । गुगलले आफ्नो वार्षिक डेभलपर्स कन्फ्रेन्समार्फत बहुप्रतिक्षित अपरेटिङ सिस्टम एन्ड्रोइड १३ को बेटा भर्सन प्रयोगकर्ताका लागि पनि उपलब्ध गराएको छ । यसअघि एन्ड्रोइड १३ को बेटा भर्सन डेभलपरहरूका लागि मात्र उपलब्ध थियो । लामो समयदेखि चर्चामा रहेको एन्ड्रोइड १३ को फुल भर्सन आउने अनुमान गरिए पनि हालका लागि एन्ड्रोइड १३ बेटाको दोस्रो भर्सन सार्वजनिक भएकाे हाे ।

यो ओएस (अपरेटिङ सिस्टम) सँगै प्रयोगकर्ताले आफ्नो मोबाइललाई पर्सनलाइज गर्ने अप्सन अझ थप हुने कम्पनीले बताएको छ ।उदाहरणका लागि एन्ड्रोइड १३ मा भाषा परिवर्तनको फिचर उपलब्ध गराइएको छ । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले फोनमा भएका फरक-फरक एपको लागि फरक-फरक भाषा राख्न पाउनेछन् । यो नयाँ अपडेट सँगै गुगलको वालेट एप पनि उपलब्ध हुनेछ, जसमा सरकारले जारी गरेको आफ्नो परिचयपत्र राखेर एप प्रयोग गर्न मिल्नेछ । साथै यसमा अन्य थुप्रै सुरक्षा र गोपनीयताका फिचरहरू पनि थप गरिएको कम्पनीले बताएको छ ।

प्रयोगकर्ताले अब गोप्य म्यासेज पठाउन सक्नेछन् । एन्ड्रोइड १३ को अपडेटसँगै प्रयोगकर्ताले गुगल म्यासेजमा पनि गोप्य म्यासेज पठाउने सुविधा पाएका छन् । यो भर्सन गुगल पिक्सेलका साथै असुसको जेनफोन ८, लेनेभोको ट्याब पी १२ प्रो, वनप्लसको १० प्रो, ओप्पोकाे फाइन्ड एक्स फाइभ प्रो, रियलमीकाे जीटी२ प्रो, भिभोको एक्स८० प्रो, साओमीको १२, १२ प्रो, प्याड ५ का साथै नाेकिया, सार्प, टेक्नो लगायतका स्मार्टफाेनमा उपलब्ध हुनेछ ।

source:techpana

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x