राष्ट्रियविजनेशसमाचार

अब बैंकहरू पनि आइतबार बन्द हुने

जेठ महिनाबाट बैंकहरू पनि सातामा दुई दिन बिदा हुने भएकाे छ । गभर्नरबाट वैशाख २८ गतेकाे स्विकृती अनुसार जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार पनि बैंकहरू बिदा दिने औपचारिक निर्णय गरिएकाे राष्ट्र बैंकले एक सूचना मार्फत् जानकारी दिएकाे छ ।

अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ५:३० बजेसम्म कायम गर्ने राष्ट्र बैंकले जनाएकाे छ । तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४:३० बजेसम्म हुनेछ ।

source:laganikhabar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x