अन्तराष्ट्रियखेलकुदसमाचार

ह्यारी केनको दुई सय ५० गोल

केनले टोटनह्यामका लागि दुई सय ५० गोल पूरा गरे, उनले इंग्लिस प्रिमियरसिप लिगमा अगुएरोलाई समेत व्यक्तिगत रेकर्डमा पछि पारे

ह्यारी केनले टोटनह्यामका लागि व्यक्तिगत दुई सय ५० गोल संख्या पुर्‍याएका छन् । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले उल्भह्याम्टनविरुद्ध १–० को कठिन जित निकाल्दा केनले एक मात्र निर्णायक गोल गरेका थिए । यस जितसँगै टोटनह्याम प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । टोटनह्यामले तीन खेलबाट सात अंक जोडेको छ । दोस्रो स्थानमा रहेको साबिक विजेता म्यानचेस्टर सिटीले दुई खेलबाट ६ अंक हात पारेको छ ।

आर्सनलले पनि दुई खेलबाट ६ अंक नै जोडेको छ । गोलअन्तरमा आर्सनल तेस्रो स्थानमा छ । घरेलु मैदानमा टोटनह्यामलाई जिताउन केनले ६४औँ मिनेटमा निर्णायक गोल गरे । उनले इभान पेरिसिकको कर्नरमा हेडिङ गोल गरेका हुन् । २९ वर्षीय केन प्रिमियर लिगमा एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

केनले इंग्लिस प्रिमियर लिगमा टोटनह्यामका लागि एक ८५औँ गोल गरेका हुन् । टोटनह्यामबाट समग्रमा उनले व्यक्तिगत दुई सय ५० गोल गरेका हुन् । केनले म्यानचेस्टर सिटीका पूर्वस्ट्राइकर सर्जियो अगुएरोलाई पछि पारे । अगुएरोले सिटीका लागि १८४ गोल गरेका थिए । केन प्रिमियर लिगमा सर्वाधिक गोल गर्नेमा चौथो खेलाडी हुन् । एलान सियररले सर्वाधिक दुई सय ६० गोल गरेका छन् । वायन रुनीले दुई सय आठ र कोलले १८७ गोल गरेका छन् ।

यसैगरी, शनिबार राति भएको खेलमा क्रिस्टिल प्यालेसले अस्टोन भिल्लालाई ३–१ ले हराएको छ । एभर्टनले फोरेस्टलाई १–१ को बराबरीमा रोकेको छ । फुलह्यामले ब्रेन्टफोर्डमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । फुलह्याम पाँच अंकका साथ चौथो स्थानमा छ । चार अंक बटुलेको ब्रेन्टफोर्ड पाँचौँ स्थानमा छ ।

source:nayapatrikadaily

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x