धर्म संस्कृति

पाथिभरा माताले हामीसबैको रक्षा गरुन, आज मिति २०८० वैशाख ०८ गते शुक्रवारको राशिफल पढौं

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । पुराना शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो विचार विपरित निर्णय हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ, सचेत रहनुहोला, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ, तर शेयर बजारको लगानी गुम्नसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । खुसीपूर्ण लाभदायक यात्रा रहला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा भने फाइदा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कला, सङ्गीतमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ, तर शेयर बजारको लगानी गुम्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x