खेलकुदराष्ट्रियसमाचार

क्रिकेटर सन्दीप लामिछाने माथिको निलम्बन फुकुवा

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

नावालिका बलात्कार मुद्दामा उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेसँगै क्यानको पोखरामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । उनी २०७८ मंसिर २९ मा उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएका थिए ।

नावालिका बलात्कारको आरोपमा उनीविरुद्ध जाहेरी परेपछि गत २३ भदौमा क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकोमा सन्दीपले उच्च अदालत पाटनले दिएको निवेदनमा उच्चले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यसैबीच, उच्चको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ । सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर गरेर थुनामै मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च पुगेको हो ।

source:rajdhanidaily

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x