राष्ट्रियविजनेशसमाचार

सुपर मादी हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

सुपर मादी हाइड्रोपावरको आइपिओ आज (सोमबार) बिहान बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आइपिओमा १३ लाख ४ हजार २०८ जना आवेदकले आवेदन दिएकोमा ५ हजार ५१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो।

सो मध्ये कम्पनीले २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि र १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूको बाँडफाँट गरिसकेको छ।

यस्तै ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहने १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारणमा वितरण गरेको हो।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीकोे वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

source:setopati

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x