विजनेश

कृषि तथा पशु बीमा फेरि सुरु, मन्त्रालयले १ अर्ब प्रिमियम दिने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई करिब १ अर्ब रुपैयाँ दिनुपर्ने बीमाको रकम भुक्तानी गर्न सहमति गरेको छ ।

कृषिमन्त्री ज्वालाकुमारी साहसहित मन्त्रालयका सचिवहरूले नेपाल बिमक संघ, नेपाल बीमा प्राधिकरणसँग छलफल गरेर सहमति गरेको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले बताइन् ।

‘कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको अनुदान बक्यौता रकम भुक्तानी र १ चैतदेखि स्थगन भएको बीमा सम्बन्धमा छलफल भएको थियो,’ शिवाकोटीले भनिन् ।

उनका अनुसार बीमा कम्पनीहरूले जारी गरेको कृषि तथा पशुपन्छी बीमा अन्तर्गत बीमालेख बापत प्राप्त गर्नुपर्ने बाली तथा पशुधन बीमा प्रिमियम रकममध्ये तत्काल ९७ करोड भुक्तानी गर्ने र बाँकी रकम चालु आर्थिक वर्षमै भुक्तानीको पहल गर्ने सहमति भएको हो ।अब १ चैतदेखि किसानले गर्न नपाएको पशु तथा बाली बीमा बिमकहरूले निरन्तर सुचारु गर्ने सहमति भएको छ ।

sources onlinekhabar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x