ईलाम नगरपालिकामा गाैरवकाे आयाेजना अनुगमन सम्पन्न
ईलाम नगरपालिकाको वडा नं. १ साखेजुङ अन्तर्गत “नगर तथा वडा गाैरवकाे योजना” अन्तर्गत ग्रिनभ्याली चिया कारखाना हुँदै डाँडागाउँ, थापा
गाउँ, सरदारेबेसी हुँदै पुवाखोला जाने सडकको अनुगमन सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा सुरु गरिएको उक्त गाैरवकाे याेजनामा करीब ६०० मिटर सडकमा साेलिङ कार्य सफलतापूर्वक सम्पन्न भएको छ।
अनुगमन टोलीमा नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी लिम्बू दाहाल, वडा नं. ४ का अध्यक्ष तथा नगरप्रवक्ता नुतनदेव दुलाल, वडा नं. १ का अध्यक्ष गायत्रीराम बस्नेत र प्राविधिक अधिकारीहरू सहभागी थिए।
अनुगमन टोलीले कार्य गुणस्तरीय रहेको पाएको छ र थप काम समयमै पूरा हुने अपेक्षा गरेको छ। टोलीले हालसम्मको प्रगति र प्राविधिक मापदण्डअनुसारको काम देखेर योजना समयमै सम्पन्न हुनेमा विश्वास व्यक्त गरेको छ।
अनुगमन टोलीले गाैरवकाे याेजनामा संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी कार्यलाई निरन्तरता दिन प्रोत्साहन दिएको छ।
ईलाम नगरपालिकाको यो प्रयासले स्थानीय विकासमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।