समाचार

काठमाडौंबाट चिनियाँ नागरिक अपहरण, हेटौँडाको जंगलबाट चार भारतीय पक्राउ

काठमाडौं । एक चिनियाँ नागरिक अपहरणमा परेका छन् । भारतीय समूहले ती चिनियाँ नागरिकलाई काठमाडौंको ठमेलबाट अपहरण गरेर मंगलबार साँझ भारत लैजान लागेको खुलेको छ ।

अपहरणको सूचना उपत्यका अपराध अनुसन्धानको टोलीले प्राप्त गरेपछि चिनियाँ नागरिकको उद्धारका लागि काठमाडौंबाट हेटौँडा पुगेको छ ।

प्रहरी स्रोतका अनुसार हेटौँडाको जंगलबाट कार्यालयको टोलीले चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । चिनियाँ नागरिक भने भागेर जंगलतिर पसेको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x