समाचार

विवरण बुझाउने अन्तिम दिन कम्पनी रजिष्ट्रारको सर्भर डाउन, कम्पनीहरूले जरिवा

२९ पुस, काठमाडौं । कम्पनीहरूको गत आर्थिक वर्षको विवरणहरू बुझाउने अन्तिम दिन कम्पनी रजिष्ट्रार कार्यालयको सर्भर डाउन भएको छ ।

 

कम्पनीको वार्षिक साधारणसभा, आर्थिक प्रतिवेदन पास गर्ने, अडिटर नियुक्ति, सञ्चालक समिति गठन, कम्पनी सचिवको नियुक्तिलगायत कागजहरु पेश गर्ने पुस मसान्तसम्म पेश गरिसक्नुपर्ने कम्पनी ऐनमा व्यवस्था छ ।तर, त्यसरी विवरण बुझाउने अन्तिम दिन नै सर्भर डाउन हुँदा देशभरका लाखौं कम्पनीका सञ्चालकहरू प्रभावित भएका छन् ।

प्राइभेट कम्पनीहरूले दफा ५१ (पुँजीसम्बन्धी विवरण), दफा ७८ (सञ्चालकहरूले बुझेको तलब–भत्तालगायत विवरण), दफा ८० (अडिटरिपोर्ट र वार्षिक साधारणसभाको विवरण) मा उल्लेख भएका विवरणहरू आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र बुझाउनुपर्ने व्यवस्था कम्पनी ऐनमा छ ।

पब्लिक कम्पनीको हकमा भने ६ महिनाभित्र वार्षिक साधारणसभा गरी त्यसको एक महिनाभित्र विवरण बुझाइसक्नुपर्ने व्यवस्था छ ।

Source: online Khabar

5 1 vote
Article Rating
Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
aroygay katwal

jata pani jantali sasti ta ho lutne ta ho

1
0
Would love your thoughts, please comment.x
()
x