राष्ट्रियसमाचारस्वास्थ्य

अक्सिजन सिलिण्डरसहित मतदानमा सहभागी

गुल्मी– स्थानीय तहको निर्वाचनमा गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदानमा वृद्धदेखि बिरामी परेर अक्सिजन लगाइ रहेका पनि मतदानमा सहभागी भएका छन्।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ निवासी ४६ वर्षीया बिरामी दुर्पता मरासिनी अक्सिजन सिलिन्डरसहित मत दिन पुगेकी हुन्।  उनलाई मतदान केन्द्रसम्म आफन्तले सवारी सधानमार्फत् लगेका थिए।

मतदानमा बिरामी, अशक्त, जेष्ठ नागरिकहरुलाई लाइन बस्न नपर्ने गरि व्यवस्था मिलाइएको छ। कतिपय मतदान केन्द्रमा हुइलचियर लिएर मतदाता मतदिन पुगेका थिए।

जिल्लामा दिउँसो २ बजेसम्म प्राप्त बिवरण अनुसार करिब ३२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी अर्जुन पन्थीले बताए।

गुल्मीमा ९३ वडामा १ सय ४२ मतदान स्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको रहेका छन्। गुल्मीमा ४ सय ८९ जना जनप्रतिनिधिका लागि १ हजार २ सय ४३ जना चुनावी मैदानमा उत्रिएका छन्।

निर्वाचनको लागि जिल्लामा २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन्। निर्वाचनको लागि शान्तिपूर्ण भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए।

निर्वाचनका लागि २ हजार ५ सय ८३ जना सुरक्षाकर्मी खटिएका छन्।

source:swasthyakhabar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x