पालिका खबरसमाचार

नगरपालिकाले बनाइदियो नयाँ घर, घरविहीन परिवारको जीवनमा नयाँ आशा

हलेसी तुवाचुङ नगरपालिकाले घरबार विहीन विपन्न घर परिवारका लागि जस्तापाताको छानासहितको भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ । बिहान/बेलुकाको छाक टार्नसमेत धौधौ पर्ने वडा नं.–१० अर्खौलेस्थित नागीका टेकबहादुर सार्कीको परिवारलाई नगरपालिकाले नयाँ भूकम्प प्रतिरोधी दुई कोठे घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत नगरपालिकाका तीन घर विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गर्ने कार्यक्रमअनुसार निर्माण सम्पन्न भएको टेकबहादुर सार्कीको परिवारलाई नयाँ भूकम्प प्रतिरोधी घर हस्तान्तरण गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “नगरपालिकाभित्रका नागरिकको सुरक्षित आवासको सुनिश्चितताको लागि तीन विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिएको छ । जीर्ण घरमा बस्दै आएका मङ्गलटारका भया दमाई र डिकुवाका देशवीर राईको लागि पनि नयाँ घर निर्माण सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “बाँकी दुई परिवारलाई समेत चाँडै औचारिक रुपमा हस्तान्तरण गर्ने तयारीमा छौँ । आफ्नो घर अभावमा अरुको सहारामा बस्दै आएका सबै परिवारलाई सुरक्षित आवासको सुनिश्चितता कायम गरिनेछ ।”

अरुको घरमा सहारा लिएर बस्दै आएका सार्की परिवारलाई नगरपालिकाले दुईकोठे भूकम्प प्रतिरोधी घर निर्माण गरेर बिहीबार उपलब्ध गराएपछि हर्षित भएका छन् । आफ्नो घर नभएपछि फिरन्ते जीवन बिताउँदै आएका सार्की परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी नयाँ घर उपलब्ध गराएपछि हर्षित भएका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x