राष्ट्रियसमाचार

सरिता गिरीले एक महिनामै गरिन सद्भावना पार्टी छोडेको घोषणा

जनकपुरधाम । नेपाल सद्भावना पार्टीमा प्रवेश गरेको एक महिनामै सरिता गिरीले स्वतन्त्र भएको घोषणा गरेकी छन् ।

०७९ साउन ७ मा सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले गिरीलाई पार्टी प्रवेश गराएका थिए । सद्भावनामा प्रवेश गरेको एक महिनामै आज उनी सामाजिक सञ्जाल फेसबुकमार्फत आफू स्वतन्त्र भएको घोषणा गरेकी छन् ।

उनले लेखेकी छन्, ‘म दिवंगत माननीय प्रदीप जीको राजनीतिक र सामाजिक रुपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि उहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु ।’

कठिन समयमा अत्यन्त कठिन निर्णय लिएको भन्दै गिरीले ०७४ सालदेखि निरन्तर सिरहा, लहानमा बसी काम गर्दै आएको र त्यही जनताबीच मेरो कर्मभुमि रहने उल्लेख गरेकी छन् ।

उनले अर्को स्टाटसमा भनेकी छन्, ‘म प्रष्ट पार्न चाहन्छु विरासत वा उतराधिकारीको राजनीतिमा विश्वास गर्दिन न त प्रदीप दाई गर्नुहुन्थ्यो । कर्मको राजनीति मेरो साध्य र साधन दुबै हुनेछ ।’

गिरीलाई उपेन्द्र यादव नेतृत्वको जसपाले पार्टीबाट कारबाही गरेपछि उनको साँसद पद पनि गुमेको थियो । निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको विपक्षमा उभेका कारण उनीमाथि जसपाले कारबाही गरेको थियो ।

source:nepalpress

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x