राष्ट्रियविजनेशसमाचार

शुभम पावर कम्पनीको आईपिओ बाँडफाँड हुने मिति तय

काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले माघ २७ गते शुक्रबार आईपिओ बाँडफाँड गर्ने तयारी गरेको हो ।

यसमा ७ लाख ९३ हजार ७५ जना आवेदकबाट ८९ करोड ८१ लाख ७४ हजार रुपैयाँ बराबरको ८९ लाख ८१ हजार ७४० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख ८१ हजार ८८२ कित्ता शेयरको १८.६४ गुणा बढी हो । शुभम पावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ ।

कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ जारी गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर थप गरि सर्वसाधारण लागि छुट्याएको थियो । जसअनुसार कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारण लागि छुट्याएको हो ।

source:arthatantra

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x