राष्ट्रियसमाचार

बाजुरामा मध्यराति शक्तिशाली भूकम्पको धक्का

बाजुरा केन्द्रबिन्दु भएर गएराति दुईपटक शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको दहकोट केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको हो ।

राति ११ः५८ बजे ४.९ र १ः३० बजे ५‍.९ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले पुर्‍याएको क्षतिबारे अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन ।

यसअघि १० वैशाखमा पनि बाजुरा केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलकाे भूकम्प गएकाे थियाे ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेकाे छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

source:shilapatra

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x