राष्ट्रियविजनेशसमाचार

आज इङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले बैशाख १३ गतेदेखि १७ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय ठमेलमा आईपीओ बाँडफाँट गरिएको हो ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख २६ हजार ८ सय ५४ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ता पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट https://nsmbl.com.np/  र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट www.ingwahydropowerltd.com.np बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १२ लाख ६८ हजार ६ सय ३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

कम्पनीले ताप्लेजुङ जिल्लामा ९.७ मेगावाट जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।

कम्पनीले यसअघि नै स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री गरिसकेको छ ।

source:corporatenepal

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x