साङ्ला कसरी विश्वभर फैलियो ?
१६ जेठ, काठमाडौं । खाटको घर्रा होस् वा दराजको । भान्साको चेप होस् वा बाथरूमको, साङ्ला हामीले देखिरहेका हुन्छौँ । ६ खुट्टे यस किरालाई जति नै पिटे पनि हत्तपत्त मर्दैन ।
किटनाशक छर्किएर मारे पनि एक दुई दिनपछि फेरि उही संख्यामा देखिन थाल्छ । घरका कुनाकुना कब्जा गरेका साङ्लाको उत्पत्ति कहाँबाट भयो र विश्वभर कसरी फैलियो त ? अनुसन्धानकर्ताहरूले यसबारे रोचक तथ्य फेला पारेका छन् ।
हालै प्रकाशित भएको एक अध्ययनले साङ्लोको उत्पत्ति भारत र म्यानमारबाट भएको र यो बिस्तारै अन्यत्र विस्तार भएको देखाएको छ । साङ्लाको आनुवंशिकीको माध्यबाट यसको अध्ययन गरिएको हो ।
साङ्ला दुई रूटबाट विश्वभर फैलिएको देखिएको छ । पश्चिम एसियाबाट पश्चिमा मुलुकमा १२ सय वर्षअघि साङ्लो पुगेको देखिन्छ । रोटीको टोकरीबाट पश्चिम मुलुकमा साङ्लो पुगेको अनुसन्धानकर्ताहरूको भनाइ छ । त्यसपछि २७० वर्षअघि युरोप पुग्ने ब्रिटिस इस्ट इन्डिया कम्पनीका सैनिकबाट साङ्लो युरोप छिरेको अुसन्धानकर्ताहरूको जिकिर छ । sources online khabar